भदौ २९, काठमाडौं । प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
उनीहरुले समाजवादीमा आवद्ध हुन माग गर्दै दायर गरेको रिटमा न्यायाधीश इश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सुनुवाइ गर्दै समाजवादीमा आवद्ध हुन नपाउने गरी कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको हो।