असार १४, काठमाडौं । सोमबार नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपालका मुल नेताहरको विचमा देशको अर्थतन्त्र टाट पल्टिन लागेकोमा जुहारी चलेको थियो । एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र टाट पल्टन लागेको आरोप लगाए भने माओवादी अध्यक्ष प्रचण्डले देशमा यो अवस्था आउनुमा केपी ओली सरकार कारक रहेको फर्काए ।
राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्र बहादुर केसीले त यस्तै अवस्था रहे प्रतिगमन हुने आँकलन गरे । दोषारोपण एकअर्कामाथी लगाएपनि देशको अर्थतन्त्र संकटग्रस्त रहेको मतमा सबै नेताहरु एकमत देखिन्थे । गर्भनर महाप्रसाद खतिवडाले त आँफुहरु श्रीलंकको नजिक भएको बारम्बार दोहो¥याएकै छन् । केहिदिन अघि सामाजिक संजालमा श्रीलंकाका सांसद जनताबाट घेरिएको र नालिबाट आफ्नो जिवनरक्षाको चित्कार गरिरहेको भिडियो भाईरल भएको थियो ।
यो त भयो देशको आथिर्क क्षेत्रको कुरा । राजनितीक सामाजिक प्राय सबै क्षेत्रहरु आर्थिक क्षेत्रमै निर्भर हुनेहुँदा एउटा देश कस्तो छ भन्ने कुरा त्यो देशको आर्थिक सुचांककहरुलाई पहिल्याएर मापन गर्ने गरिन्छ । तर यस्तो विषम परिस्थितीमा पनि नेताहरुलाई मन्त्रीबाट विदा हुनुपरेकोमा धुरुधुरु रुनुपरेको छ भने अर्का नवनियुक्त मन्त्रीले समर्थकहरुलाई बोलाएरै बधाई थापेको जस्तो देखिएको छ ।
सोमबार मध्यान्हमात्रै कार्यभार सम्हालेका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले रेकर्डको दाबी पेश गर्दै २४ घण्टामा १०० भन्दा बढि फोटो÷भिडियोमा बधाई थापेका छन् ।
अचम्म त के छ भने सामान्यतया पदमा नियुक्त भएका व्यक्तिहरुले आँफैलै सम्मान थापेको तस्विर तथा भिडियोहरु सामाजिक संजालमा पोष्ट गर्ने गरेको विरलै पाईन्छ तर नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठले २४ घण्टामा यतिधेरै सम्मान थापेको प्रमाण पेश गरेका छन् । पदवहालीका क्रममा विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने ’हेरिटेज’ मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका मन्त्री श्रेष्ठको सामाजिक संजाल चहार्दा उनको प्राथमिकता त सम्मान ग्रहण पो रहेछ भन्ने भान हुन्छ ।
हेर्नुहोस मन्त्री श्रेष्ठले आँफै पोष्ट्याएका बधाईका तस्विरहरु :