माधव नेपाल समुहले एमालेबाट विद्रोह गर्नुको कारण यस्तो....

 कोरखबर   ५ असोज, २०७८



असोज ५, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनाएको बताएका छन् । मंगलबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली केशरजंग रायमाझी पथमा हिँडेपछि विद्रोह गरेर नयाँ पार्टी बनाएको बताए ।

" विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्दो रहेछ । केशरजंग रायमाझीले कम्युनिस्ट आन्दोलनको विसर्जन गरेका थिए । नेकपा एमाले पार्टी रहेन गुट क्रियाशिल भए । मदन भण्डारी फाउन्डेसनका नाममा गुट बन्यो । नेकपामा पनि त्यो रोग सर्‍यो । नेकपा कब्जा गर्न खोजियो । सत्तामा पुगेपछि चरम दुरुपयोग भयो । विस्तारै जनतामा सरकार आलोचनाको विषय बन्दै गयो ।राष्टियता लोकतन्त्र र समाजवाद भडिन थालेपछि बजेट र नीति र कार्यक्रम अघि बढेपछि समस्या भयो,' उनले भने, 'पार्टीको समस्या समाधानका लागि कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरिएपछि विद्रोह गर्‍यौँ ।"

उनले अहिले आफूहरू सम्मानजनक हैसियतमा रहेको पनि बताए । " षडयन्त्र अनेक भएका थिए हामीले चक्ना चुर बनायौँ । त्यसैले अहिले मुलुकमा गठबन्धनको सरकार छ । प्रदेश सभामा पनि हामी सुदूर र २ मा ठुलो दलको रूपमा छौँ । कर्णालीले विद्रोहको ज्वाला दन्काएको थियो । ३ मा पनि संसदीय दलको नेता चुनुरे सरकार बनाउन तमतयार हुनुभएको छ । लुम्बिनीमा खाता खोल्न सफल भएका छौँ । गण्डकीको भेलामा गरेका थियौँ, त्यहा कार्यालय खोलेर व्यवस्थित तरिकाले काम अगाडि बढेको छ, "  उनले भने ।

आफूहरू यथास्थितिवादी नभएको दाबी गर्दै उनले दलाल पुँजीवादको विरोध गर्ने बताए । " हामी रास्ट्रिय पुँजीलाई जोड दिन चाहान्छौँ । दलाल पुजिवादको विरोध गर्ने छौँ । विज्ञान प्रविधिमा जोड दिने छौँ । समावेशिताको मान्यतामा अघि बढनेछौँ । काम गर्नेलाई प्रोत्साहन गर्ने छौँ । युवालाई प्रोत्साहन र पाकाको सम्मान गर्ने छौँ,"  उनले भने ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post