माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको सुनुवाइ आज पनि !

    ५ असोज, २०७८



असोज ५, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका दुई सांसदविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ आज पनि हुँदैछ ।

हिजो र अस्ति न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको मुद्दा ‘हेर्दा हेर्दै’ मा राखिएको थियो । आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । 

यो मुद्दामा अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपालसहित १४ सांसदको पद गुम्न सक्छ । बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए । 

यसअघि, न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा गएको भदौ २८ गते पेशी तोकिएको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । गएको भदौ १६ गते ओलीकोतर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post