अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल !

 कोरखबर   १८ असोज, २०७८



असोज १८, काठमाण्डौ । स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज हुनु भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो । उहाँलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेपाल गएको बुधवार अस्पताल भर्ना हुनु भएको थियो ।



 प्रतिक्रिया



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post