प्रदेश २ मा एमालेका १० जनाले नेकपा (एस) रोजे !

 कोरखबर   १७ भदौ, २०७८



भाद्र १७, धनुषा । प्रदेश २ मा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा नेकपा समाजवादीका १० जना प्रदेश सांसद सनाखत गराएका हुन् ।

एमालेबाट १३ जना समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका लागि भारतको दिल्लमा छन् । उनले दूतावासबाट सनाखतको प्रक्रियामा रहेको प्रदेश सांसद बेची लुंगेलीले बताइन् । प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ मौसम खराब हुँदा जनकपुर आउन नसकेको प्रदेश सांसद शत्रुधन महतोले बताए ।

निर्वाचन कार्यालयमा उपस्थित भएर गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसीमा खातुन र नागेन्द्र यादवले सनाखत गरेको महतोले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post