देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी !

 कोरखबर   १३ भदौ, २०७८



भदौ १३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

छलफलका लागि प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुगेका थिए । छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ ।

शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सत्तारूढ गठबन्धनबीच कुन–कुन मन्त्रालय पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको बताइन्छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post