ओलीको व्यवहारले विद्रोहको विकल्प रहेन : माधव नेपाल

 कोरखबर   १० भदौ, २०७८



भदौ १०,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका छन्। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेपालले नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहन सक्ने अवस्था नरहेको बताए। नेता नेपालले भने, ‘ओलीको व्यक्तिवादी अहंकार र पार्टीलाई प्राइभेट कम्पनी बनाएपछि विद्रोह गर्नेबाहेक अर्को विकल्प रहेन। इतिहासमा नेपाल र विश्वमा यस्ता घटना भएका धेरै उदाहरण छन्।’

उनले एमालेबाट पीडित रहेका नेता–कार्यकर्ताको  ठूलो पंक्तिले विद्रोह गरेर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै नयाँ पार्टी गठन भएको बताए। पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरूको उपस्थिति रहेको छ। ओलीले पार्टीमा भेदभाव र अन्यायपूर्ण व्यवहार गरेको र नेकपा विभाजनमा भूमिका खेलेको आरोपसमेत लगाए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post