१० भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
“हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ,” उनले भने ।
अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्नु रहर नभई बाध्यता भएको पनि बताए ।