ठाकुर नेतृत्वको पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी नेपाल’ पक्का !

 कोरखबर   ४ भदौ, २०७८



भाद्र ४, काठमाडौँ । जसपाबाट बाहिरिएको महन्थ ठाकुर नेतृत्वको समूहले पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी नेपाल’ राख्ने भएको छ । यसअघि जसपा नेपाल ९लोकतान्त्रिक० प्रस्तावित गरिएको थियो । तर अर्को दलसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएपछि नाम बदलिएको हो ।

नेताहरू सुरेन्द्र झा र केशव झाले शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको नाम बुझाएको हो । नेता केशव झाका अनुसार अब दल दर्ताका लागि आयोगले निर्णय दिएपछि आधिकारिकता पाउने छ ।

पार्टीको अध्यक्षमा महन्थ ठाकुर र बरिष्ठ नेताहरूमा राजेन्द्र महतो र शरत्‌सिंह भण्डारी रहने निर्णय भएको पनि झाले जानकारी दिए ।

मिल्दोजुल्दो नाम राख्न नपाईने भएपछि शुक्रबारै एमालेबाट विभाजित माधव नेपाल समूहले पनि यसअघि प्रस्तावित नेकपा (एमाले समाजवादी) नाम फेर्दै नेकपा ९एकिकृत समाजवादी० राख्न निवेदन दिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post