नेपाल र ठाकुरको दल आयोगमा दर्ता हुन समय लाग्ने, मागेजस्तो नाम र चुनाव चिन्ह नपाउने

 कोरखबर   ३ भदौ, २०७८



भाद्र ३, काठमाडौं । एमालेबाट छुट्टिएका माधव कुमार नेपाल र जसपाबाट छुट्टिएका महन्थ ठाकुरको नयाँ दल दर्ताको प्रक्रिया सुरु हुन केही समय लाग्ने देखिएको छ ।निर्वाचन आयोगका अनुुसार राजनीतिक दलसम्बन्धि नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि मात्रै दल दर्ताको प्रक्रिया प्रारम्भ हुनेछ ।

आयोगले नियमावली संसोधन प्रक्रिया सुरु भईसकेको जनाएको छ । यथासक्य चाँडै नियमावली संशोधन गरेर राजपत्रमा प्रकाशित भएपछि दुबै दल दर्ताको प्रक्रिया थालिने छ । यसरी प्रक्रिया सुरु भएको ३५ दिनभित्र दल दर्ता गर्नुपर्छ । ३५ दिनभित्र दल दर्ता भइसक्नुपर्ने भए पनि अहिलेको आवश्यकता हेरेर ‘फास्ट ट्रयाकबाट काम हुनसक्ने आयोग स्रोतले जनाएको छ ।

नियमावली नबनेकाले हिजो दिएको निवेदन नै सच्याउनुपर्ने अवस्था आउनसक्ने आयोगका पदाधिकारीहरू बताउँछन् ।

आयोगमा दर्ता भइसकेको पार्टीको नाम र चिह्नसँग मिल्दोजुल्दो नाम र चिह्न राख्न नमिल्ने भएकाले प्रस्तावित दुवै दलले मागे अनुसारको नाम पाउने सम्भावना नरहेको पनि स्रोतले बताएको छ ।

एमाले (समाजवादी) नाम नेकपा एमालेसँग र जसपा (लोकतान्त्रिक) नाम जसपासँग मिल्दोजुल्दो छ ।

एमाले समाजवादीले चुनाव चिन्हको रुपमा खुल्ला किताब माग गरेको भएपनि उक्त चिह्न अर्को दलले दाबी गरिसकेको पाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post