नयाँ दल दर्ता गराउन माधव नेपाल समुह निर्वाचन आयोगमा

 कोरखबर   २ भदौ, २०७८



भाद्र २, काठमाडौं । नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।

सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।

नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला पुस्तक माग गर्दै आयोगमा निवेदन दर्ता गराउने तयारी गरिएको माधव पक्षका नेताहरुले बताएका छन्।

नयाँ पार्टी दर्ता गराउन माधव नेपाल सहित राजेन्द्र पाण्डे, प्रेम आले, रामकुमारी झाँक्री लगायतका नेता पनि आयोग कार्यालय पुगेका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post