माओवादी, एमाले हुँदै विमला ओली फेरि माओवादीमै !

 कोरखबर   २० सावन, २०७८



साउन २०, काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री (ओली) ले आफू माओवादी केन्द्रमै भएको बताएकी छिन्। माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई फोन र म्यासेज गरेर ओलीले आफू माओवादीमै रहेको बताएकी हुन्।

‘विमला कमरेडले हाम्रो दलको नेता सोनाम कमरेडलाई फोन र एसएमएसमार्फत माओवादीमै भएको जानकारी गराउनुभएछ,’ माओवादी केन्द्रका एक सांसदले भने,‘विमला कमरेड अहिले पार्टीकै सम्पर्कमा हुनुहुन्छ। दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको संलग्नताका विषयमा सबैलाई जानकारी गराउनु हुने छ।’

दाङ क्षेत्र नम्बर ३ को ‘ख’बाट निर्वाचित उत्तरकुमार ओली सवारी दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती विमला उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन्। विमला तत्कालीन नेकपाबाट सूर्य चुनाव चिह्नबाट निर्वाचित भएकी हुन्।

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार नेकपा 'विघटन' भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले वैशाखमा पत्रकार सम्मेलन गररै आफूले माओवादी केन्द्र रोजेको बताएकी थिइन्।

ओलीको नाममा जारी विज्ञप्तीमा 'आफू सूर्य चुनाव चिह्नबाट चुनावमा निर्वाचित भएकाले माओवादी केन्द्र रोज्नु कानुनी रुपमा समेत ठिक नहुने भएकाले एमालेमै फर्किएको' उल्लेख थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post