चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै

 कोरखबर   १८ सावन, २०७८



साउन १८,काठमाडौं । चार पूर्वमाओवादी नेताहरूले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले रिट दायर गरेका हुन् । माओवादी केन्द्रले उनीहरूलाई एमालेमा लागेको भन्दै सांसद पदसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसैका विरुद्ध उनीहरूले रिट दायर गरेका हुन् ।

यसअघि दुई पटक तोकिएको पेशीमा सुनुवाइ हुन सकेको थिएन ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post