माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

 कोरखबर   १७ सावन, २०७८



साउन १७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड नेपालनिवास कोटेश्वर पुगेका थिए ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको वार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

एमाले नेता नेपाललाई सत्ता सहकार्यमा ल्याउन माओवादी अध्यक्ष प्रचण्डको प्रयास छ । उहाँहरुबीच सत्ता सहकार्यबारे छलफल भएको स्रोतको दाबी छ । तर नेपाल समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ ।

नेपाल समूह भित्रैका केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post