निर्वाचन आयोग पुगे रेशम चौधरी

 कोरखबर   ११ सावन, २०७८



साउन ११, काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेशम चौधरी निर्वाचन आयोगमा उपस्थित हुनभएको छ ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी अहिले निर्वाचन आयोग पुग्नुभएको छ । जसपाको आधिकारिकता विवाद भएपछि त्यसको निरूपणका लागि निर्वाचन आयोगले सनाखत गर्न सबै नेतालाई बोलाएपछि डिल्लीबजार कारागारमा रहनुभएका चौधरी आयोग पुग्नुभएको हो । 

चौधरीले आफू कुन पक्षलाई सनाखत गर्ने भन्ने विषयमा खुलाउनुभएको छैन । चौधरीले आफूले पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेपछि सनाखत गर्ने बताउनुभएको छ । 

जसपाको आधिकारिकता विवाद निरूपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई आज सोमवार बोलाएको हो । अहिले जसपाका सबै नेता सनाखतका लागि निर्वाचन आयोगमा छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post