सरकारमा सहभागिताबारे छलफल गर्न जसपा बैठक

 कोरखबर   २ भदौ, २०७८



भदौ २, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक शुरू भएको छ ।

काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा जारी बैठक आज सम्पन्न हुनेछ । बैठक सोमवारदेखि शुरू भएको थियो । 

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरू सहभागी भएको जसपाले जनाएको छ । बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने  जसपाका एक नेताले जानकारी दिए । 

आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरूको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय हुने जसपाले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post