निर्वाचन आयोग पुगेर महतोले भने : ५१ जना मात्रै दल होइन

 कोरखबर   ११ सावन, २०७८



श्रावण ११, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको कार्यकारिणी समिति मात्रै दल नभएको जिकिर गरेका छन् । आज निर्वाचन आयोगमा दाबी सनाखतका लागि आयोग पुगेका महतोले सो कुरा बताएका हुन् ।

हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेता महतोले भने - “दल कतै गएको छैन । ५१ जना मात्रै दल होइन । दल जनताबाट निर्वाचित हुने हो । त्यो कुरा हामीले बुझेका छन् । सम्पूर्ण नेपाली जनताले बुझेका छन् ।”

त्यस्तै उनले प्राविधिक कारणबाट जसपालाई फुटाउन खोजिएको आरोप लगाए । एक वर्ष अघिको प्रशंगलाई कोट्याउँदै उनले अध्यक्ष उपेन्द्र यादवको पार्टीलाई फुटाउन खोजिएको तर त्यसलाई टारिएपनि अहिले नै यस्तो अवस्था आउला भन्ने नसोचेको समेत बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post