आधिकारिकता पाएसँगै उपेन्द्र यादवले बोलाए जसपाको बैठक

 कोरखबर   १२ सावन, २०७८



साउन १२,काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक मंगलबार बस्ने भएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य रामनरेश राय यादवले बताए ।

संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने लगभग निश्चित छ ।

निर्वाचन आयोगमा हिजो भएको हेड काउन्टमा उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । सोलगत्तै आयोगले उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारिकता दिँदै महन्थ ठाकुर पक्षलाई प्रक्रिया पुर्याएर नयाँ पार्टी दर्ता गर्न आउन भनेको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post