तटस्थ बसेका रेशम चौधरी जसपाको आधिकारिक पक्षमा

 कोरखबर   १३ सावन, २०७८



साउन १३, काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुलेका छन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरीले केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको बेला फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’ खतिवडाले फेसबुकमा लेखेका छन् ।

जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।

सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुवै पक्षमा मत नदिई तटस्थ बसेको जिकिर गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post