जसपा विवाद : आयोगमा हेड काउन्ट जारी, कसले पाउला आधिकारिकता ?

 कोरखबर   ११ सावन, २०७८



साउन ११, काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकता विवाद टुंग्याउनका लागि हाल निर्वाचन आयोगमा सनाखत जारी रहेको छ ।

जसपाका दुबै पक्षले आफूसँग बहुमत भएको भन्दै आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि आयोगले ५ सदस्यीय इजलास गठन गरी सुनुवाइ गरेको थियो ।

सुनुवाइपछि आयोगले जसपाका कार्यकारिणी सदस्यहरुलाई आयोगमा नै बोलाएर हेड काउन्ट गरी विवाद टुंग्याउन लागेको हो । हाल आयोगमा जसपाका दुवै पक्षका कार्यकारिणी सदस्यहरु उपस्थित भएका छन् । उनीहरुको हस्ताक्षर सनाखत भईरहेको छ ।

सांसद रशेम चौधरी पनि आयोग मै पुगेर सनाखत गर्ने भनिए पनि विविध कारण देखाउँदै जेलबाट नै सनाखत हस्ताक्षर गर्ने भएको बताइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post