बालकोटमा ओली र विप्लवविच भेटवार्ता !

 कोरखबर   ५ सावन, २०७८



साउन ५, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटवार्ता गरेका छन् । ओलीनिवास बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट स्रोतले जनाएको छ । यसअघि चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए ।

चन्द ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आएयता शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post