प्रचण्ड र उपेन्द्र यादवसँग माधव नेपालको भेट, के भयो कुरा ?

 कोरखबर   ५ सावन, २०७८



श्रावण ५ ,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका छन् ।

दुई नेताविच मंगलवार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा कुराकानी भएको स्रोतको भनाई छ ।

नेता नेपाल लगायत प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरित विश्वासको मत दिने २२ सांसदलाई सोमवार २४ घण्टे स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणको सम्बन्धमा एमालेले आज निर्णय गर्दैछ । 

यता, सरकार सञ्चालनको सम्बन्धमा पनि नेता नेपाल पक्ष समेतलाई समेटेर सरकार विस्तार गर्ने पक्षमा प्रधानमन्त्री देउवा रहेका छन् । राजनीतिको केन्द्रमा रहेका नेता नेपालले गठबन्धनका नेताहरुसँगको भेटलाई तिव्रता दिइरहेका छन् । 

प्रचण्ड फर्किएलगत्तै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post