जसपा फुट्यो : उपेन्द्र यादव पक्षद्धारा अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन

 कोरखबर   १८ जेठ, २०७८



काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो ।

फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४ नेताहरु छन् । निष्काशित गरिएकाहरुमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

जसपाको ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको र सरकारका सहभागी हुन लागेपछि निष्काशन गरिएको बुझिएको छ । यसअघि यादव समूहले अध्यक्ष ठाकुरलाई निष्काशन गरेको थियो ।

उपेन्द्र यादवलाई पनि अध्यक्ष ठाकुरले स्पष्टिकरण सोधेका छन् । उनले पनि निष्काशनको निर्णय लिन लागेको बुझिएको छ ।

एक अर्कामाथि स्पष्टिकरण हुँदै निष्काशनको निर्णय सम्म पुगेपछि जसपा फुटेको हो । औपचारिक फुटपछि जसपा पुरानै अवस्थामा फर्कने निश्चित जस्तै भएको छ । ठाकुर समूहले राजपा र यादव समूहले जसपा नै चलाएर बढ्ने तयारी गरिसकेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post