विप्लवले प्रधानमन्त्रीलाई भने : सहमित छिटो कार्यान्वयन गर्नुप¥यो !

 कोरखबर   ९ चैत, २०७७



चैत ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकारसँग भएको सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले जानकारी दिए । गत फागुन २० गते विप्लव समूह र सरकारबीच भएको सहमति अनुसार विप्लवले आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न ढिला भएको बताएका चलाउनेले बताए ।

नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता तथा कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने तीन बुँदे सहमति भएको थियो ।

जवाफमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएको चलाउनेले बताए । सरकारसँगको सहमितपछि फागुन २१ गते विप्लव समूह भूमिगत जीवनबाट बाहिर आएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post