चैत ५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
बैठकमा पार्टीको संगठन समायोजन र सत्ता समीकरणको विषयमा छलफल गर्ने भनिएको थियो। हिजो र अस्ति दुई दिनसम्म पार्टीका शीर्ष नेताहरूले छलफल गरेर आज बस्नेगरी बैठक तय गरेका थिए। तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको हो।
सत्ता समीकरणमा जसपाका नेताहरू कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने विषयमा दुई धारमा बाँडिएका छन्। नयाँ सत्ता समीकरण बनाउन जसपासँग निर्णायक संसदीय संख्या छ।