सरकारले कार्यान्वयन गरेन विप्लवसँगको सहमति, सुदुरका ४१ कार्यकर्ता अझै जेलमा !

 कोरखबर   ४ चैत, २०७७



चैत ४, बैतडी । सरकारसँग सहमति गरी शान्तिपूर्ण गतिविधिमा लागेपनि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीका नेता-कार्यकर्ता अझै जेलमा छन्‌।

बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका कारागारमा रहेका सो पार्टीका २१ जना नेता-कार्यकर्ता हालसम्म रिहा नभएका हुन्‌।

सरकार र प्रतिबन्धित नेकपाबीच ३ बुँदे सहमति भएको २ हप्ता बितिसकेको छ। सहमति पश्चात कैलाली कारागारमा रहेमा पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनसहित २ जना छुटका थिए। तर, प्रदेशका अन्य कारागारमा रहेका कार्यकर्ता अझै नछुटेका हुन्।

विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सुदूरपश्चिम इञ्चार्ज वीरेन्द्र शाहका अनुसार सुदूरपश्चिम प्रदेशमा अझै २१ जना नेता-कार्यकर्ता कारागारमै छन्। बाजुरा कारागारमा पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली 'आदर्श' सहितका १५ जना नेता-कार्यकर्ता थुनिएका छन्।

यस्तै, बझाङ कारागारमा जिल्ला सदस्य बाजीलाल शाहीसहित ५ जना नेता-कार्यकर्ता थुनिएका शाहले जानकारी दिए। बैतडी कारागारमा पनि जिल्ला सदस्य लोकेन्द्र धामी थुनिएका छन्।

गत फागुन २० गते भएको सहमतिमा सरकारको तर्फबाट विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने उल्लेख छ। विप्लव समूहले पनि आफ्ना सम्पूर्ण राजनीतिक विषयहरू समाधान गर्न सम्वादका माध्यमबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति गरेको छ।

सरकारले सहमति गरेपनि आफ्ना नेता-कार्यकर्ता छोड्न ढिलाइ गरेको अखिल क्रान्तिकारीका सुदूरपश्चिम इञ्चार्ज वीरेन्द्र शाहले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post