अचाक्ली भयो, अब सहेर बस्दैनौँ : प्रधानमन्त्री ओली

 कोरखबर   ३ चैत, २०७७



चैत ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा भएको अचाक्ली अब नसहने बताएका छन् । बालुवाटारमा आयोजना गरिएको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो चेतावनी दिएका हुन् ।

“जंगलको राज चलाउने, विधि पद्धतिका कुरा गर्ने ? नियम कानुन, संविधान केहीको मतलव छैन । अहंकार, स्वेच्छाचारी,” ओलीले भने, “७५ जेठ ३ अघिको अवस्थामा फर्कियो भनेपछि पनि छुट्टै भेला गर्दैछन् । निहुँ खोज्दैछन् । राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने रे ! अर्को पार्टी र कमिटी बनाउनका लागि हो ? यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो ।” उनले भने  । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post