सत्ता समीकरणको विषयमा छलफल गर्न जसपाको पदाधिकारी बैठक बस्दै !

 कोरखबर   ३ चैत, २०७७



३ चैत,काठमाडौं। जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक आज बस्दैछ । बबरमहलमा रहेको पार्टी कार्यलयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको जसपाका नेताहरुले बताएका छन् ।

आज बस्ने जसपा पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमासमेत छलफल हुने आँकलन गरिएको छ । आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई पुन् ब्युँताईदिएपछि राजनीतिक दलहरु नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउन माओवादी केन्द्रले विभिन्न दलहरुसंग छलफल गरिरहेको छ ।  जसपा नयाँ सत्ता समीकरणमा संसदमा निर्णायक भूमिकामा छ । 

यस्तै पदाधिकारी बैठकमा मुख्य गरी जसपा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल गर्न लागिएको जनाईएको छ । बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post