फागुन २६,काठमाडौं । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बसेर निर्णय गर्ने भएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अघि संसदीय दलको बैठक बोलाएको छ ।
त्यस्तै आजै माओवादी केन्द्रको स्थायी समिति बैठक पनि बस्दैछ । संसद सञ्चालन, सरकार र राजनीतिक प्रक्रियाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पनि बसेको थियो ।
प्रतिनिधि सभाको सातौं अधिवेशन अन्तर्गतको दोस्रो बैठक बुधबार १ बजे बस्दैछ । प्रतिनिधि सभा बैठक अघि दल र पार्टीको बैठक बसेर रणनीति बनाउने माओवादी संसदीय दलका उपनेता देव गुरुङले जानकारी दिए ।