फागुन २४, काठमान्डौ । सर्वोच्च अदालतको फैसलापछि तत्कालीन एमालेमा फेरि एकपटक खैलाबैला भएको छ।
एमालेमा प्रधानमन्त्री केपी शर्मा ओलीको कि वरिष्ठ नेता माधव कुमार नेपालको पल्ला भारी भन्दै विश्लेषणसमेत हुन थालेको छ।
एक नेताका अनुसार संसदीय दलमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यधिक बहुमत रहेको छ। उनका अनुसार माधव कुमार नेपालसँग जम्माजम्मी ३७ जना सांसद रहेका छन्। यो हिसाबले हेर्ने हो भने ओलीसँग ८० भन्दा बढी सांसद छन्।
तर लालबाबु पण्डित र तुलसा थापा हाललाई तथस्ट रहेको बताइएको छ।