चार बजे बस्ने भयो प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक !

 कोरखबर   २४ फागुन, २०७७



२४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए ।

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार गरेको फैसालाले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

सर्वोच्चको फैसला र आगामी रणीनितिबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post