विप्लवलाई हात समातेर डोहो¥याउदै कार्यक्रमस्थलमा पु¥याए ओलीले !

 कोरखबर   २१ फागुन, २०७७



फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हात समातेर राष्ट्रिय सभागृहको हलमा प्रवेश गराएका छन् ।

सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली अघिअघि र विप्लव पछिपछि प्रवेश गरेका थिए ।

प्रधानमन्त्री ओलीले मञ्चमा टेक्नेबित्तिकै विप्लवको हात समातेर केही कदम डोहो¥याएका थिए । त्यसपछि उनले विप्लवको हात उठाएर दर्शकदीर्घातिर संयुक्त अभिवादन गरेका थिए । रातो टिका लगाएका विप्लवले भने अविभादन गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post