सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता बालुवाटारमा जारी !

 कोरखबर   २० फागुन, २०७७



फागुन २०, काठमाडौं। सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आज दोस्रो चरणको वार्ता चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ः २० देखि सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच दोस्रोचरणको वार्ता सुरु भएको हो।

यसअघि हिजो सो समुहको वार्ता टोली र सरकारी वार्ता टोलीबिच पहिलो चरणमा दुईपटक वार्ता भएको थियो । पहिलो चरणको वार्ता सकिएपछि गृहमन्त्री राम बहादुर थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका थिए । उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन्।

सरकारको तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई साथै बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) र उदय चलाउने (दिपक) ले वार्ताको नेतृत्व गरिरहेका छन् ।

दुवै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post