फागुन १०, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले वार्तामा बोलाईरहेका बेला सर्वोच्च अदालतले सोही समुहका एक जना नेतालाई रिहा गर्न आदेश दिएको छ ।
थुनामा रहेका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समुहलाई मुलधारको राजनीतिमा आउन आग्रह गरिरहेका छन् । सरकारले पनि सो समुहसंग वार्ता गर्न वार्तासमिति नै गठन गरेको छ ।
यो अवस्थामा सर्वोच्चले सो समुहका नेता बास्तोलालाई थुनामुक्त गर्न दिएको आदेशलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।