भ्रष्टाचार अचाक्ली बढ्यो, अब राजा चाहियो : कमल थापा

 कोरखबर   ३ फागुन, २०७७



फागुन ३,काठमान्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले देशमा कसैसँग डर नभएपछि भ्रष्टाचार बढेको बताएका छन् ।

राप्रपाले सोमवार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आवश्यक भएको बताए ।

‘नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको छ,’ उनले भने, ‘कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, व्यभिचार र मनपरीतन्त्र बढ्यो ।’

राप्रपाले संगठन सुदृढीकरण अभियानलाई केन्द्रमा राखेर जनताको माझमा जानुपर्ने अध्यक्ष थापाले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post