अब एक घण्टामै चिनियाँ सिमाना केरुङ पुगिन्छ : प्रधानमन्त्री ओली

 कोरखबर   २६ पौष, २०७७



पुस २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब काठमाडौंबाट १ घण्टामा सुरुङमार्ग हुँदै चीनको सिमाना केरुङसम्म पुग्न सकिने दावी गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा आफू नेतृत्वको सरकारले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै विकासमा देशले छलाङ मार्दा, क्रमभंग गर्दा अवरोध सिर्जना गरेको बताए ।

उनले सरकारले नयाँ मन्त्रीक्वार्टर, संसद भवन, ठूला सभाहल, लुम्बिनीमा ठूलो सभाहल, बगैचा, बाटोघाटो निर्माण गर्दा सरकारलाई देखिनसहेको जिकिर गरे ।  उनले भने, ‘विकास निर्माणको काम तीब्र गतिमा भइरहेको छ । तातोपानीको बाटो बन्दैछ । केरुङतिर जाने टनेल मार्गको पनि सर्वे भइरहेको छ । टनेल मार्गबाटपनि अब हामी केरुङ जान्छौँ र चिनियाँ बोर्डरमा पुग्छौँ । कुनैपनि समयमा आवागमन अवरोध नहुने किमाथाङ्काको बाटो तयार गर्दैैछौँ । ओलाङचुङ गोलाको बाटो तयार गर्दैैछौँ । महाकाली करिडोरको बाटो तयार गर्दैैछौँ । महाकालीको पुल तपाईले देख्नुभएको होला, आधा पुल बनिसकेको छ ।’

उनले तुइनबाट महाकाली तर्न अन्त्य गर्न झोलुङ्गे पुल बनाएपछि छटपटी भएको, सरकारको काम देखेर इर्श्या र डाहले कसरी असफल बनाउन भनेर खोजेको उनले आरोप लगाए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post