पौष २६,काठमान्डौ । पार्टीभित्रको आन्तरिक कलह र त्यसबाट सिर्जित भएको घटनाक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णुण भएको अध्यक्ष पुष्प कमल दाहाल,माधव कुमार नेपाल,झलनाथ खनाल लगाएत विरोधी खेमाप्रती आक्रामक र असहिष्णुण टिप्पणी गरेको भनेर आरोप लागिरहँदा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको ट्विटमा कमेन्ट गर्दै सिमामा बस्न चेतावनी दिएका छन् । सिमामा नबसे समयले हिसाव–किताब माग्ने उनको अर्को चेतावनी छ । उसो त रिमाल यसअघी पनि यस्तै असहिष्णुण टिप्पणीबाट विवादमा नतानिएका हैनन् । केहिसमय अगाडी आफ्नै पार्टीका सहयोद्धा योगेश भट्राई लगाएतलाई ईंगित गर्दै छौडा शब्दको प्रयोग गरेका थिए । रिमालमात्रै हैनन् उस्तै असहिष्णुण अभिव्यक्ति दिने र विरोधीहरुमाथी कटाक्ष गर्न ओली समुहका धेरै नेता खप्पिस छन् ।
केहिदिन अगाडी हिन्दुवादी युवक संगठनले आयोजना गरेको एक कार्यक्रममा राप्रपा युवक संगठनका अध्यक्ष प्रकाश रिमालले राष्ट्रपतिलाई संवैधानिक दायराभित्र बस्न गरेको आग्रहलाई विरोधको रुपमा लिदैं प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा नियुक्ति दिएका उपकुलपती डा.जगमान गुरुङ कार्यक्रम बहिस्कार गरेर हिँडेका थिए ।
भिडियो हेर्नुहोस
ओलीखेमाका नेता गोकुल बास्कोटा,महेश बस्नेत,दयाल बहादुर शाही लगाएतका नेताहरुपनि आफ्ना रुखो अभिव्यक्ति र सामाजिक सञ्जालमा गरिने टिप्पणीका कारण बेलावखत विवादमा तानिने गरेका छन् । अझ अगाडी बढ्दै प्रधानमन्त्री ओलीका प्रमुख प्रेस सल्लाहाकार सुर्य थापाका अभिव्यक्तिहरु तथा सामाजिक सञ्जालका टिप्पणीहरु हे¥यो भने यि सवैलाई माथ गर्ने खालका हुने गर्छन् । मानि लिऔँ यो देशमा ओलीसमुहले संविधानमाथी प्रहार गर्नुपनि हुन्छ, उनिबाहेकका नागरिकहरुले संवैधानिक दायराका प्रजातान्त्रिक अधिकार पनि प्रयोग गर्नु हुन्न । अथवा संविधानमा नै ओली समुलाई यि सवै अराजक गतिविधिको लागी छुट प्रदान गरिएको छ ।