फिफाले उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने !

 कोरखबर   १० पौष, २०७७



पुस १०, काठमाण्डौ । फिफाले सन् २०२१ मा हुने भनिएको उमेर समूहको विश्वकप रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण जोखिमले अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि चुनौती थपिएको भन्दै फिफाले उमेर समूहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

२० वर्षमुनीको विश्वकप इन्डोनेसिया र १७ वर्षमुनीको विश्वकप पेरुमा गर्ने तयारी थियो । अब सन् २०२३ मा इन्डोनेसिया र पेरुमै प्रतियोगिता हुने पनि फिफाले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post