साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने

 कोरखबर   २५ सावन, २०७८



साउन २५, काठमान्डौ । साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले सोमबार प्रतियोगिता आयोजना गर्ने देशको टुंगो लगाएको हो । आयोजनाका लागि अखिल नेपाल फुटबल संघले पनि दाबेदारिता प्रस्तुत गरेको थियो ।

यस अघि बंगलादेशमा प्रतियोगिता आयोजना हुने तयारी थियो । सेप्टेम्बर १४ देखि २५सम्म ढाकामा हुने भनिएको प्रतियोगिताको कोभिडको महामारीका कारण अन्य देशमा सारिएको हो । एक वर्ष पछि धकेलिएको प्रतियोगिता अन्तत माल्दिभ्समा हुने साफले घोषणा गरेको छ  ।

सातै देशको सहमति अनुसार प्रतियोगिता अक्टोबर एक देखि १३ सम्म आयोजना हुनेछ । यसपटकको साफमा पाँच देशले मात्रै सहभागिता जनाउनेछन् । भुटानले कोरोनाको संक्रमणको कारण सहभागि नहुने बताएको छ भने पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा परेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post