टोकियो ओलम्पिक आज सकिदै !

 कोरखबर   २४ सावन, २०७८



एजेन्सी, २४ साउन । आज टोकियो ओलम्पिकको अन्तिम दिन । सन् २०२० मा हुनुपर्ने ओलम्पिक एक वर्ष ढिलो गरी जापानले सफलतापूर्वक सम्पन्न गर्दैछ ।

यसपटकको ओलम्पिक इतिहासमै पृथक रह्यो । प्रत्यक्षरुपमा दर्शकहरु खेल हेर्न उपस्थित हुन दिइएन । तर, टेलिभिजनहरुबाट खेल हेरिए । खेलाडीहरुले पनि खेल्दाबाहेक मास्क अनिवार्य लगाउनुपरेको थियो । कतिपय खेलाडी कोरोना भाइरसको संक्रमित हुँदा खेल्न पाएनन् ।

यसैगरी, आज ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जित्ने देशको टुंगो लाग्दैछ । आज विहानसम्म चीन ३८ स्वर्णका साथ अग्रस्थानमा छ । अमेरिका ३६ स्वर्णका साथ दोस्रो स्थानमा छ । यी दुई देशमध्ये ओलम्पिकमा पहिलो स्थान हासिल गर्ने देशको टुंगो आजै लाग्नेछ । आज १३ स्वर्णको छिनोफानो हुँदा चीन र अमेरिकाबीच नै पहिलो र दोस्रो स्थानको प्रतिष्पर्धा हुँदैछ । आयोजक जापानले २७ स्वर्णका साथ तेस्रो स्थान पक्का गरिसकेको छ ।

आज विहान भएको पुरुष म्याराथुनको स्वर्ण केन्याका इलिउड किप्चोगेले जितेका छन् । उनले २ घन्टा ८ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन् । नेदरल्यान्डका अब्डी नागीले रजत र केन्याका लरेन्स चेरोनोले काँस्य जिते ।

किप्चोगेले सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा पनि उनले स्वर्ण जितेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post