सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

 कोरखबर   ६ सावन, २०७८



साउन ६,काठमाडौं । सन् २०३२ को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल ९आइओसी० का अनुसार अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो।

यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ‌ओलम्पिक आयोजना भएको थियो। टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो।

यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ। 

त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ।  कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी पर्सी बिहीबारदेखि सुरु हुँदैछ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post