भिल्लासँग खेल्दै लिभरपुल, कस्को पक्षमा आउला नतिजा ?

 कोरखबर   २४ पौष, २०७७


पौष २४, काठमाडौं । एफए कप फुटबलमा आज (शुक्रबार) लिभरपुलले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दै छ । भिल्लाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:३० बजे सुरु हुनेछ ।

एफए कपको तेस्रो चरणअन्तर्गत लिभरपुलले भिल्लासँग खेल्न लागेको हो । आजको खेलमा लिभरपुल सहज जितको अपेक्षामा हुनेछ । आजको खेलमा जित निकाल्न सके भिलरपुल अघिल्लो चरण प्रवेशका लागि उत्रनेछ ।

भिल्लाले भने आफ्नो यू २३ को टिम लिभरपुलविरुद्ध उतार्नेछ । टिमका खेलाडीहरुमा कोरोना देखिएपछि भिल्लाले युवा खेलाडी मैदान उतार्न लागेको हो । यस्तै लिभरपुलविरुद्ध मुख्य प्रशिक्षक डिन स्मिथसमेत मैदानमा देखिने छैनन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post