मनोज गजुरेलसंग विवाह गर्ने हल्ला चलेपछि वर्षा सिवाको आक्रोशित !

 कोरखबर   २९ मंसिर, २०७७


 

मंसिर २९, काठमाडौ । नायिका वर्षा सिवाकोटीको विवाह बारेमा धेरै गसिपहरु बनिरहेका हुन्छन भने उनको प्रेम सम्बन्ध बारेमा पनि चियो चर्चो चलिरहेको हुन्छ । तर अहिले आएर वर्षा सिवाकोटीको नाम हाँस्य कलाकार मनोज गजुरेलसंग जोडिएपछि एकाएक वर्षा आक्रोशित बनेकी छिन् ।

वर्षा सिवाकोटी र मनोज गजुरेल विवाह गर्दै भन्ने जस्तो समाचारहरु सामाजिक संजालमा फैलिएपछी वर्षा सिवाकोटीले आज फेसबुक स्ट्याटस लेखेर आफ्नो आक्रोश पोखेकी छिन् । मनोज गजुरेलसंग विवाह गर्ने हल्लामा कुनै सत्यता नरहेको र आफू दुईको बाटो नै फरक छ कसरी यस्तो हावादारी समाचार भाईरल बनाएको भन्दै आक्रोश पोखेकी छिन् । पत्रकार भन्दैमा पैसा कमाउन जे पनि लेख्ने भन्दै प्रश्न पनि उठाएकी छिन् ।

मनोज गजुरेल प्रति आफ्नो सधै सम्मान रहेको तर वहाँ र आफ्नो नाम जोडिने कुनै आधार नै बिना लेखिएको समाचार प्रति वर्षाको आक्रोश हो । कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो भन्दै सुझाव समेत दिएकी छिन् ।

वर्षा सिवाकोटीको यस्तो छ स्ट्याटस: 

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।

आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ? कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो  !



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post