श्वेता खड्काकी बहिनी र युट्युबर उत्सव रसाइलीले मलाई कुटे : सुष्मा कार्की

 कोरखबर   २० माघ, २०७७


२० माघ, काठमाडौं । अभिनेत्री तथा मोडल सुष्मा कार्कीले आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरीको शरणमा पुगेकी छन् ।

उनले स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।

आफुसँग सबै रेकर्ड भएको बताउँदै उनले आफूमाथि उत्सबले गालीगलौज गरेको र स्वेताकी बहिनीले कुटपिट गरेको जनाएकी छन् ।

आफूमाथि दुव्र्यवहार भएको समयमा स्वेता र श्रीमान पनि साथमा रहेको उनको भनाई छ । यस विषयमा आफुले छिट्टै पुर्ण जानकारी गराउने अभिनेत्री कार्कीले बताइन् । यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

नायिका सुष्मा कार्की बेलाबेला विभिन्न कारणले चर्चा आइरहन्छिन्। केही समय कलाकार पूजा शर्माका फ्यानहरूले अभद्र व्यवहार गरेको भन्दै प्रहरी कहाँ पुगेकी सुष्मा फेरी कुटपिटको लफडालिएर चर्चामा आएकी छिन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post