छोरा आर्यनलाई भेट्न पहिलो पटक जेल पुगे शाहरुख खान !

 कोरखबर   ४ कार्तिक, २०७८



कार्तिक ४, काठमाडौं । लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका पुत्र आर्यन खान अहिले जेलमा छन् । उनी जेलमा बसेको लामो समय भए पनि पहिलो पटक शाहरुख खान उनलाई भेट्न जेल गएका छन् ।

आर्थर रोड जेलमा रहेका आर्यनलाई भेट्न शाहरुख बिहीबार बिहान पुगेका हुन् । निकै कडा सुरक्षाबीच उनी जेल पुगेका हुन् । मिडियासँग उनी घेरिएका थिए ।

क्रुज ड्रग्स पार्टी केसमा उनी पक्राउ परेका थिए । उनको जमानत पनि हुन सकेको छैन । जमानत फेरि पनि खारेज भएको छ । पछिल्लो समय बुधबार पनि उक्त जमानत खारेज भएको छ ।

आर्यनका वकिल अमित देसाई र सतीश मानसिन्दे न्यायाधीश नितिन साम्बरेको बेन्चमा पुगेका थिए । तर त्यतिन्जेल उच्च अदालतको बेन्च उठिसकेको थियो ।

अब यो सुनुवाई बिहीबार हुने भएको छ । स्रोतहरुका अनुसार आर्यनले बम्बई उच्च अदालतबाट जमानत पाउन मुस्किल छ । किनकि अदालतमा नोभेम्बर १ तारिखदेखि दिपावलीको छुट्टी हुँदैछ ।

अब ७ दिनमात्र कामको दिन बाँकी छ । त्यसपछि अदालत १४ नोभेम्बरपछि मात्र खुल्नेछ ।

यसअघि आर्यनले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका थिए । उनले बयानका क्रममा चरेस पिउने बताएका हुन् । उनले भनेका थिए, ‘मैले चरेस पिउँछु ।’

क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले ड्रग्स लिने गरेको बताएका हुन् । उनी दशैं अगाडि नै पक्राउ परेका थिए । उनको दशैं जेलमै बितेको थियो ।

अझै पनि उनी जेलमै रहने अनुमान गरिएको छ । छोरा जेल परेपछि शाहरुख खानले धेरैको सहारा लिए पनि छोरा छुट्ने सम्भावना कम रहेको देखिन्छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post