अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

 कोरखबर   २३ भदौ, २०७८



भदौ २३, काठमाडौ‌ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्।

काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए। 

अहिले ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको बताईएको छ।

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्। गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post