शेरधनको विहे आज, २० वर्षिया जाङ्मुसंग लगनगाँठो कस्दै !

 कोरखबर   ११ माघ, २०७७



माघ ११, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा आज वैवाहिक बन्धनमा बाधिँदै छन् । ५० वर्षीय मुख्यमन्त्री राईले २०१८ की ‘मिस मंगोल नेपाल’ २० वर्षिया जाङ्मु शेर्पासंग विवाह गर्न लागेका हुन् ।

वैवाहिक कार्यक्रम काठमाडौंमा नै हुने बताईएको छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई निकट स्रोतले जनाएको छ।

मुख्यमन्त्री राई भोजपुरका हुन भने ज्याङ्मु संखुवासभाकी हुन् । मुख्यमन्त्री राई र ज्याङ्मु बिचको वैवाहिक जिवन सुरुवातको लागि आफन्त नातेदार तथा सुभचिन्तकहरुले उनीहरुलाई समाजिक सञ्जालहरुमार्फत पनि अग्रिम शुभकामना दिँदै आएका छन् ।

ज्याङ्मु शेर्पा आफैले पनि शनिवार सामाजिक सञ्जालमा आफ्नो मन जित्ने मान्छेसंग खुसीसाथ वैवाहिक जिवनमा बाधिँदै भनेर लेखेकी थिईन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post