आर्यनका कारण तनावमा शाहरुख , धमाधम छोड्दै हातको काम !

 कोरखबर   २१ असोज, २०७८



असोज २१, मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको परिवार हालका दिनमा निकै ठूलो तनावमा छन् । उनीहरुको छोरा आर्यन खान लागुऔषधको प्रयोग गरेको आरोपमा एनसीबीको हिरासतमा छन् । जसको असर पुरा परिवारले भोगिरहेको छ ।

यो घटनाले शाहरुखको निजी जीवनमा मात्र होइन, व्यावसायिक जीवनमा पनि ठूलो असर पुगेको छ । यहीकारण शाहरुखले एटली कुमारको फिल्मको काम बीचमै छोडेका छन् । उनको स्थानमा बडी डबलका माध्यमबाट सुटिङ गरिएको छ ।

शाहरुखको हातबाट रातारात एउटा अर्को ठूलो प्रोजेक्ट पनि गुमेको छ । बुधबार शारुखले अजय देवगनका साथ एक विज्ञापनको छायांकन गर्नुपर्ने थियो । तर सुटिङ सुरु हुनुभन्दा केही समयअघि मात्र शाहरुखले विज्ञापनको सुटिङ रद्द गरेका छन् ।

निर्माताले सुटिङका लागि सबै तयारी पुरा गरे पनि शाहरुख सही समयमा पुगेनन् । सेटमा शाहरुखका लागि करिब २० देखि २५ बाउन्सर लगाइएको थियो । उनको भेनिटी भेन बिहानदेखि नै स्टुडियोमा राखिएको थियो । यद्यपि दिउँसो ३ देखि ४ बजेका बीच सुटिङ रद्द गरिएको घोषणा गरिएको थियो ।

शाहरुख निकट स्रोतका अनुसार उनी मानसिक रुपमा समेत तनावग्रस्त अवस्थामा छन् । आर्यनलाई एक क्रुजमा भएको रेव पार्टीमा लागुऔषध प्रयोग गरेको आरोपमा ८ व्यक्तिसहित पत्राउ गरिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post