जोन अब्राहमलाई पर्सन अफ द ईयरको अवार्ड !

 कोरखबर   १९ मंसिर, २०७७



मंसिर १९,काठमान्डौ । बलिउड अभिनेता जोन अब्राहमलाई पीपुल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) द्वारा २०२० को पर्सन अफ द ईयरद्धारा सम्मानित गरिएको छ ।

जोनले २०२० मा जीवित जनावरको व्यापार बन्द गर्न ई–रिटेलर ‘क्विकर’संग आग्रह गरेका थिए ।

यसवर्ष उनले पेटा इण्डियासंग मिलेर पशु सर्कसमा प्रतिबन्ध लगाउने, मुम्बईमा नाच्न प्रयोग गरिने बाँदरका विरुद्ध आवाज उठाउने र एक विज्ञापन अभियानमा सबै पंक्षीलाई पिजँडा नराख्न अनुरोध गरेका थिए ।

सम्मान पाउनेमा अभिनेता जोनका अलावा भारतीय नेता शशी थरूर, भारतीय सुप्रीम कोर्टका पूर्वन्यायाधीश केएस पणिक्कर राधाकृष्णन, क्रिकेटर विराट कोहली, अभिनेत्री अनुष्का शर्मा, सनी लियोनी, सोनम कपूर, कपिल शर्मा, हेमा मालिनी, आर माधवन र जैकलीन फर्नाडीज समेत छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post